ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परीक्षा प्रणालीबारे अन्तरराष्ट्रिय सम्मेलन हुदै


admin
१४ कार्तिक २०७४, मंगलबार   १ : २२   बजे

भक्तपुर, १४ कात्तिक ।   काउन्सिल अफ बोर्डस अफ स्कूल एक्जामिनेशन अफ इण्डिया(कोब्से)को ४६ औँ सम्मेलन नेपालमा बिहीबार हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सानोठिमीस्थित बोर्डको कार्यालयमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने सात देशको सहभागिता रहने सम्मेलन नेपालको परीक्षा प्रणालीको वैज्ञानिक रुपमा सुधार गर्नका लागि अवसरका रुपमा आएको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताउनुभयो ।

‘इनोभेशन इन इभ्यालुएशन’ भन्ने मूल नाराका साथ यही कात्तिक १५ देखि १८ गतेसम्म हुने सम्मेलनमा आठ देशमा रहेका परीक्षा बोर्डका पदाधिकारीको सहभागिता रहनेछ । सम्मेलनमा नेपाल, भुटान, मौरिसस, पाकिस्तान, सिंगापुर, बेलायत र भारतका गरी ६० बोर्डका पदाधिकारी र परीक्षा विज्ञको भेला हुने बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेलले बताउनुभयो ।

सम्मेलनमा नेपालका तर्फबाट शिक्षाविद् एवं त्रिविका प्रा डा गणेशबहादुर सिंह र प्रा डा वासुदेव काफ्लेले विशेष शिक्षामा परीक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेभएको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा डा पौडेलले आठ विषयको तीन घण्टाको परीक्षामार्फत गरिने विद्यार्थीको मूल्यांकन वैज्ञानिक एवं व्यावहारिक नभएकाले परीक्षा प्रणालीलाई सुधार गर्नका लागि सम्मेलनले धेरै सहयोग पु¥याउने बताउनुभयो ।

“अन्य देशमा भएका परीक्षा प्रणालीका बारेमा जानकारी लिन पाइने र यसले नेपालको माध्यमिक तहको परीक्षा प्रणालीलाई ग्रेडिङ प्रणालीबाट अझै सुधारमा लैजाने बाटो पहिल्याउन सजिलो हुनेछ” उहाँले विश्वास व्यक्त गर्नुभयो ।

माध्यमिक तहको अन्तिम परीक्षा लिने जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्डले अहिलेको परीक्षा प्रणाली ठीक वा बेठीक भन्ने कुरा शिक्षा क्षेत्रमा बहसको रुपमा उठेको बेलामा हुन लागेको सम्मेलन उपलब्धिमूलक हुने बताइएको छ । अध्यक्ष प्रा डा पौडेलले हालको परीक्षा प्रणाली पनि पूर्णरुपमा व्यावहारिक नभएको आँैल्याउँदै सरकारबाट निर्णय भइसकेको विषयगत परीक्षाको तयारीलाई बोर्डले छिट्टै कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलबाटै समर्थकको ‘रोड शो’

Eurovision Song Contest Updates Rules, Barring Countries at War From Hosting

स्मार्ट टेलिकमको ६ अर्ब ऋण विवादमा एनआईएमबी बैंकका सीईओको स्पष्टीकरण

Europe Braces for Intense Heatwave Affecting Over 135 Million

धरानका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu