काठमाडौँ , ३ साउन । जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले लगातार दोस्रो जीत निकालेको छ । जिम्बाब्वेको हरारेमा गएराति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोलीलाई ८ विकेटले हरायो । जिम्बाब्वेले दिएको एक सय २१ रनको लक्ष्य न्युजिल्यान्डले १३ ओभर ५ बलमा २ विकेट गुमाएर ...