ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उड्डयनमन्त्री भन्छन्– हवाइ क्षेत्रको सुधारका लागि सरकारले तत्काल गर्न सक्ने केही छैन


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ७ : ४८   बजे

काठमाडौं, १५असार । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाइ उद्योगको क्षेत्रको सुधारका लागि सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा पौडेलले नेपालको हवाइ क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् । उनले नेपालको हवाइ क्षेत्र सुध्रिँदै भन्दा बिग्रँदै जाने अवस्थामा रहेको तर्क गरे । उनले आफूले प्रयास गरे पनि सबैको गुनासो मात्रै आएको गुनासो गरे।

नेपाल भूपरिवेष्ठित देश भएको कारणले र पर्यटनबाट राष्ट्रले ठूलो आकांक्षा राखेको अर्थबाट यो क्षेत्र हवाइ उद्योगको एउटा ठूलो भूमिका नेपालको विकासमा अडिएको छ। हामी जति संख्यामा पर्यटक भित्र्याउने आकांक्षा देखेका छौँ। त्यही अनुसार हामीले योजनाहरू, नीतिहरू बनाइरहन्छौँ’, उनले भने, ‘तर हवाइ क्षेत्रको अवस्था हेर्दा त्यो देखिँदैन। भएका कम्पनीका साथीहरुको पनि गुनासो मात्रै बढी छ। सप्रिँदै जाने भन्दा बिग्रदै गएजस्तो देखिन्छ। र, अर्कोतिर सरकार आफैँले पनि फेरि चाहेर एउटा तातेताते गराई हालौँ भन्ने अवस्था पनि छैन। धेरै चिजहरूबाट यो कम्प्लिकेट रहेछ भनेर मैले ३ महिनाको दौरानमा थाहा पाएँ । तर अब यो यत्तिकै छोडेर त भएन । यसलाई कुनै न कुनै तरिकाले पार लगाउनुपर्दछ भन्नेमा हामी छौँ।’

मन्त्री पौडेलले पर्यटन उद्योगको विकासका लागि पनि हवाइ क्षेत्र सुधार नगरी सम्भव नरहेको धारणा राखे। उनले ईयूको आकाशमा उडानमा लागेको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने काम अघि बढाएको दाबी गरे ।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

साउने सोमवार–सौभाग्य, समर्पण र आस्थाको महासंगम

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu