काठमाडौं , सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार २००ले बढेर रु ९६ हजार ७०० पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ...