ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


एबीसी / संवाददाता
२४ माघ २०७८, सोमबार   ५ : २९   बजे

काठमाडौँ, २४ माघ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अङ्कले बढेर ५३५.३२ मा पुगेको छ ।

नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै बढेको छैन । कूल २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर रु. पाँच अर्ब दुई करोड २० लाख १७ हजार १८१ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३० अर्ब ७५ करोड ९६ लाख ६० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३.७८, होटल तथा पर्यटन ४.२७ र लघुवित्त ४.३९ अङ्कले ओरालो लागेको छ । त्यस्तै, व्यापार ७.५१, विकास बैंक २६.१५, जलविद्युत् ६.९१, वित्त ८.९२, निर्जीवन बीमा ७६.५, उत्पादन ३४.८७, अन्य ५४.१२, जीवन बीमा १२४.९६, सामूिहक लगानी कोष ०.०५ र लगानी २.९२ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको रु. ४९ करोड ३४ लाख ४९ हजार ८३९ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु. २७ करोड ६६ लाख २५ हजार २९५, अरुण भ्याली हाइड्रोपावर रु. २५ करोड १६ लाख ६४ हजार ७३२, नेपाल दूरसञ्चार कम्पनी रु. २४ करोड ४८ लाख ५० हजार ८३१ र नेपाल लाइफ इन्स्योरेन्स रु २३ करोड ३० लाख १२ हजार ४०३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेपाल पूर्वाधार बैंक ८.४२, छ्याङदी हाइड्रोपावर ६.८३, सानिमा लाइफ इन्स्योरेन्स ५.०४, नेशनल हाइड्रोपावर ४.६६, र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ४.६१ प्रतिशतले कमाएका छन् । उता, बुद्ध भूमि नेपाल हाइड्रोपावर ४.५७, सपोर्ट माइक्रोफाइनान्स ३.७१, साहस ऊर्जा २.६४, विन नेपाल लघुवित्त २.४६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu