बिर्तामोड, २३ माघ । झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । ...