ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली


एबीसी न्यूज
२२ माघ २०८२, बिहिबार   ८ : ५२   बजे

काठमाडौं, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार– प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन्। पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना बुधबार गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान भनेका हुन्। ‘तपाईंहरू विभिन्न पेशा–व्यवशाय गर्न काठमाडौं आउनुभएको छ। अहिले निर्वाचनको माहोल छ,’ ओलीले भने, ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस। पार्टीको पक्षमा माहोल बनाउनुहोस। आफन्त भेट्नुहोस। साथीभाइसँग बस्नुहोस्। पार्टी र नेतृत्व विरुद्धका भ्रमहरू चिर्नुहोस।’अध्यक्ष ओलीले जहाजमा यात्रीको रुपमा व्यक्तिले जहाज चलाउँछु भन्ने कुरा असान्दर्भिक मात्र होइन जोखिमपूर्ण पनि हुने बताएका थिए।

आफूलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै प्रचार गरेकोप्रति व्यंग्य गर्दै अध्यक्ष ओलीले अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरूबाट देशको नेतृत्व सम्भव नभएको बताएका थिए।‘जहाजमा यात्रुको रुपमा रहेको व्यक्तिले म त जहाजै उडाउन सक्छु भनेर पाइलट सिटमा बस्यो भने के हुन्छ?,’ अध्यक्ष ओलीले टिप्प्णी गर्दै भने, ‘त्यस्तो जहाजमा कोही चढ्लान् त ? झुक्किएर कोही चढिहाले भने उसको अवस्था के होला ? त्यसकारण अहिले सबैले सोचबिचार गरेर निर्णय गर्नुपर्ने समय आएको छ।’अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्विकार नगर्ने बताएका छन्। ‘प्रधानमन्त्रीले हिमालमा हिउँ पर्‍यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनेँ।

यो कुनै हालतमा पनि स्विकार्य हुदैन,’ उनले भने, ‘पोहोर हिउँभन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छ भन्ने कुरा थाहा हुन्छ। अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदमा चिसोले निर्वाचन हुदैन भन्ने कुरा ?’अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए। ‘निर्वाचनको तयारी निष्पक्ष, मतदानबिना डर त्रास र प्रलोभनमा हुनुपर्दछ,’ अध्यक्ष ओलीले भने, ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिले नदेख्ने हुनुहँदैन।

त्यसमा सबै चनाखो हुनुहोस।’अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार ढंगले जित्ने बताउँदै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्न पनि निर्देशन दिएका थिए। ‘विभिन्न फिरंगीहरू आउन सक्छन्। त्यस्तालाई चिन्नुहोस,’ ओलीले भने, ‘हामीले गरेका विकास निर्माण, सुशासनका काम, जनचेतनाको प्रबद्र्धनबारे जनतालाई भन्नुहोस। मतदाताको मन जित्ने गरी काम गर्नुहोस।’कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नी खरेल लगायतले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित हुन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group