ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीको क्षतिबीच विद्युत् आपूर्ति नियमित, प्रणाली सन्तुलनमा राख्न सफल भयौँ : ऊर्जामन्त्री श्रेष्ठ


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ६ : ०५   बजे

 

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको निरन्तर सक्रियताका कारण देशको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलित राख्न सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।

बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुग्दा कुल उत्पादन क्षमताको करिब १० प्रतिशत हिस्सा विद्युत् प्रणालीबाट बाहिरिए पनि वैकल्पिक व्यवस्थापनमार्फत देशभरको विद्युत् आपूर्तिलाई नियमित राखिएको मन्त्री श्रेष्ठले बताएका हुन्।

मन्त्री श्रेष्ठले बिहीबार साँझ काठमाडौंको स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर देशको विद्युत् उत्पादन, माग र आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका थिए।

केही कर्मचारी सम्पर्कविहीन हुँदासमेत निरन्तर खटिए कर्मचारी

बाढी प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका केही कर्मचारी तथा उनीहरूका सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामासमेत कर्मचारीहरूले जोखिमबीच निरन्तर काम गरेर विद्युत् सेवा सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको मन्त्री श्रेष्ठले बताए।

उनले विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा भएको क्षतिपछि पनि प्राधिकरणले माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सफल भएको उल्लेख गरे।

“अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ,” मन्त्री श्रेष्ठले भने, “ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ।”

नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन

बाढीले प्रभावित बनाएको नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन गरिएको प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त संरचना तथा प्रसारण प्रणालीका कारण केही क्षेत्रमा अझै समस्या रहे पनि वैकल्पिक स्रोतबाट विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ।

मन्त्री श्रेष्ठका अनुसार नुवाकोटमा हाल विभिन्न वैकल्पिक प्रणालीमार्फत करिब सात मेगावाट विद्युत् आपूर्ति भइरहेको छ।

चपलीबाट दुई मेगावाट, इन्द्रावतीबाट एक मेगावाट, तादी जलविद्युत् केन्द्रबाट दुई मेगावाट तथा बालाजु–त्रिशूली प्रणालीबाट थप दुई मेगावाट विद्युत् नुवाकोट क्षेत्रमा पठाइएको छ।

रसुवामा पनि विद्युत् सेवा पुनःस्थापनाका लागि प्राधिकरणका प्राविधिक टोलीले काम गरिरहेको जनाइएको छ।

कुल माग घट्यो, आयातमा पनि ठूलो कमी

बाढीपछिको अवस्थामा देशको विद्युत् मागमा सामान्य कमी देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार साँझ देशभरको उच्चतम विद्युत् माग दुई हजार ९३९ मेगावाट रहेको थियो।

बिहीबार साँझ भने कुल माग घटेर दुई हजार ८९१ मेगावाट मा सीमित भएको छ।

काठमाडौं उपत्यकाको विद्युत् माग पनि सामान्य रूपमा घटेको छ। बुधबार साँझ उपत्यकाको माग ५९० मेगावाट रहेकामा बिहीबार साँझ ५७८ मेगावाट रहेको थियो।

यसैगरी, विद्युत् आयातको परिमाणमा पनि उल्लेख्य कमी आएको छ। प्राधिकरणका अनुसार बुधबार ६२ मेगावाट विद्युत् आयात गरिएको थियो भने बिहीबार यो घटेर केवल दुई मेगावाट मा सीमित भएको छ।

थप चुनौतीको सम्भावना, उच्च सतर्कतामा प्राधिकरण

भोटेकोसी बाढीले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा अन्य ऊर्जा पूर्वाधारमा पुर्‍याएको क्षतिको विस्तृत मूल्यांकन भइरहेको छ।

विद्युत् प्रणालीको करिब १० प्रतिशत उत्पादन क्षमता प्रभावित भए पनि तत्कालका लागि देशको विद्युत् आपूर्तिमा ठूलो असर पर्न नदिइएको प्राधिकरणको भनाइ छ।

तर प्रभावित जलविद्युत् आयोजना र प्रसारण संरचनाको अवस्था, सम्भावित थप प्राकृतिक जोखिम तथा विद्युत् माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले आवश्यक वैकल्पिक तयारीलाई प्राथमिकतामा राखेको मन्त्री श्रेष्ठले बताएका छन्।

बाढीका कारण ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेको भए पनि प्राविधिक टोलीको सक्रियता, वैकल्पिक प्रसारण मार्ग तथा उत्पादन व्यवस्थापनका कारण तत्कालका लागि देशको विद्युत् प्रणालीलाई सन्तुलित अवस्थामा राख्न सफल भएको सरकारको दाबी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

भोटेकोशी विपद्को क्षति यकिन गर्नै एक महिना लाग्न सक्ने, पुनर्निर्माणको चुनौती अझ ठूलो

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

बाढी प्रभावित पशुपन्छीको उद्धार र उपचारका लागि २४ घण्टे हटलाइन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu