ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ६ : ०५   बजे

काठमाडौं । देशभर आज नवयज्ञोपवीत अर्थात् नयाँ जनै धारण तथा रक्षाबन्धन गरेर जनैपूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरू नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा गई स्नान गर्ने र गुरु तथा पुरोहितबाट विधिपूर्वक मन्त्रिएको रक्षासूत्र धारण गर्ने परम्परा छ। तागाधारीहरूले मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गर्ने र पुरानो जनै फेर्ने गर्दछन्।

धार्मिक मान्यताअनुसार जप, तप तथा पूजा–अर्चनापछि मन्त्रिएको रक्षासूत्र वा डोरो धारण गर्दा नकारात्मक शक्ति तथा अशुभ प्रभावबाट सुरक्षा प्राप्त हुने विश्वास गरिन्छ। ब्राह्मण पुरोहितले वैदिक मन्त्र उच्चारण गर्दै यजमानको दाहिने नाडीमा रक्षासूत्र बाँधिदिने प्रचलन छ।

आज जनै फेर्ने परम्परा

विधानशास्त्रअनुसार ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले जनैपूर्णिमाका दिन नयाँ यज्ञोपवीत धारण गर्नुपर्ने धार्मिक परम्परा छ।

यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि नै व्रत बस्ने, शुद्धता कायम गर्ने तथा धार्मिक विधिअनुसार कर्मकाण्ड गर्ने परम्परा रहेको छ।

पूर्णिमाको बिहान तागाधारीहरू नदी, पोखरी, ताल, तलाउ वा कुण्डमा स्नान गर्न जान्छन्। धार्मिक विधिअनुसार स्नानपछि जौ, तिल र कुशको प्रयोग गरी ऋषिहरूलाई तर्पण गरिन्छ। त्यसपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै धारण गरिन्छ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यलगायत ऋषिहरूको पूजा तथा तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणी समेत भनिन्छ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागोका रूपमा पनि लिइन्छ।

पशुपतिनाथदेखि विभिन्न मठमन्दिरमा भक्तजनको भीड

जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका मठमन्दिर, नदी किनार तथा धार्मिक स्थलमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ।

काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक तथा वाग्मती नदी किनारमा विशेष चहलपहल रहने गर्छ। नयाँ जनै फेर्न र रक्षासूत्र बाँध्न श्रद्धालुहरू बिहानैदेखि गुरु तथा पुरोहितकहाँ पुग्ने गर्दछन्।

क्वाँटी खाने विशेष परम्परा

जनैपूर्णिमाको अर्को महत्वपूर्ण सांस्कृतिक पक्ष क्वाँटी खाने परम्परा हो। विभिन्न प्रकारका गेडागुडी मिसाएर पानीमा भिजाई टुसा उमारेर तयार गरिने क्वाँटी आज विशेष रूपमा खाने गरिन्छ।

धार्मिक तथा परम्परागत मान्यताअनुसार क्वाँटीले वर्षायाममा शरीरमा सञ्चित चिसो हटाउन र शरीरलाई तागत दिन मद्दत गर्छ भन्ने विश्वास छ।

विभिन्न प्रकारका गेडागुडीबाट बन्ने भएकाले क्वाँटीलाई पौष्टिक आहारका रूपमा पनि लिइन्छ। आयुर्वेदिक मान्यताअनुसार यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

तराईमा राखी बाँध्ने परम्परा

जनैपूर्णिमाकै अवसरमा नेपालको तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने परम्परा पनि छ। यसलाई दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा लिइन्छ।

पहिले मुख्यतः तराई क्षेत्रमा प्रचलित यो परम्परा पछिल्ला वर्षहरूमा पहाडी तथा शहरी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।

गोसाइँकुण्डदेखि मणिचूडसम्म मेला

जनैपूर्णिमाका अवसरमा देशका विभिन्न धार्मिक तथा प्राकृतिक स्थलमा विशेष मेला लाग्ने गर्दछ।

काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधाम लगायतका धार्मिक स्थलमा श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्छ।

हिमाल, नदी, ताल, धार्मिक आस्था, ऋषि परम्परा र पारिवारिक सम्बन्धसँग जोडिएको जनैपूर्णिमा नेपाली समाजको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। नयाँ जनै धारण, रक्षासूत्र बाँध्ने, ऋषितर्पण गर्ने र परिवारसँग बसेर क्वाँटी खाने परम्पराले यस पर्वलाई धार्मिक मात्र नभई सामाजिक तथा सांस्कृतिक रूपमा पनि विशेष बनाएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा

रसुवा बाढीपछि बागलुङका धेरै नागरिक सम्पर्कविहीन, परिवारमा बढ्यो चिन्ता

भोटेकोशी विपद्को क्षति यकिन गर्नै एक महिना लाग्न सक्ने, पुनर्निर्माणको चुनौती अझ ठूलो

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

बाढी प्रभावित पशुपन्छीको उद्धार र उपचारका लागि २४ घण्टे हटलाइन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu