काठमाडौं १० बैशाख । उपनिर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका_११ स्थित नयाँकिरण माविको मतदान अवरुद्ध भएको छ। मतदानस्थलमै नाराबाजी र विवाद भएपछि मतदान रोकिएर सर्वदलीय बैठक डाकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदानस्थलमै नाराबाजी गरेका थिए। ...