ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा उत्पादित सवारीसाधन दर्ताको कानुनी व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन


ABC NEWS
१० बैशाख २०८०, आइतबार   १ : ०९   बजे

 

काठमाडौं १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि विद्यमान कानुनी समस्या हल गर्न तत्काल ऐन निर्माणको प्रस्ताव र प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन्।

आइतबार बिहान नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारीसाधन दर्ता नभएको जनगुनासो सम्बोधन हुने गरी नेपालमा उत्पादन हुने सवारीसाधन दर्ताको कानुनी व्यवस्था गर्न निर्देशन दिएका छन्।

सरकारले नवप्रवर्तनलाई विकास तथा समृद्धिको मुख्य उत्प्रेरक शक्तिको रूपमा लिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आविष्कार र नवप्रवर्तनका क्षेत्रमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्नसमेत निर्देशन दिए।

प्रधानमन्त्रीले ‘यात्री’लगायतका नेपालमै उत्पादित सवारीसाधनले दर्ता भई काम गर्न नपाएको भनी सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको बताए । साथै उनले विद्यमान कानुनी व्यवस्था अपुग भएकाले तत्काल ऐन परिमार्जन या नयाँ मस्यौदा तयार गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न निर्देशन दिए।

प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारीसाधनको दर्ता एवं प्रवर्द्धनसम्बन्धी कानुन निर्माणको प्रस्ताव पेस गर्न निर्देशन दिए।

यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको कार्यभार ग्रहण गरेलगत्तै मातहतका मन्त्रालयलाई नवप्रवर्तन तथा नवीतनम प्रविधिको प्रयोगमार्फत सुशासन तथा जनसरोकारका विषय सम्बोधन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group