काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले ऋण लिएर भएपनि जतिसुकै महंगो परेपनि कोरोना खोप सबै नेपालीलाई पु¥याउने प्रतिवद्धता जनाउनु भएको हो । ...