ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसँग जापान र अष्ट्रेलियाका राजदूतको भेट


एबीसी / संवाददाता
७ श्रावण २०७८, बिहिबार   ९ : १२   बजे

काठमाडौं, ७ असार ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापान र अष्ट्रेलियाका राजदूतले आज बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा नेपालका लागि जापानी राजदूत किकुटा युटाकाले कोभिडविरुद्धको खोप यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रयास भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो । जापानले १६ लाखमात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराउने घोषणा गरेअनुरुप जापानका राजदूतले त्यससम्बन्धमा प्रधानमन्त्री देउवालाई पछिल्लो प्रगतिबारे जानकारी गराउनुभएको हो । हालै जापानले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख एस्ट्राजेनिका खोप प्रदान गर्ने घोषणा गरेको थियो ।

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका विविध विषयमा उहाँहरूबीच विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले खोप सहायता तथा थप सहयोग गर्ने जापानको प्रतिबद्धताको सराहना गर्दै जापान सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यसैगरी, प्रधानमन्त्रीसँगको भेटमा अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले ६१ वर्ष पुरानो अष्ट्रेलिया–नेपाल सम्बन्धका विविध पक्षबारे अवगत गराउँदै कोभिड–१९विरुद्धको नेपाल सरकारको प्रतिकार्य, नेपालको विकासका प्राथमिकता तथा समावेशिताका कार्यसूचीमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले कोभिड–१९विरुद्धको प्रतिकार्यका लागि हालै अष्ट्रेलिया सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै अष्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

सम्बन्धित

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu