काठमाडौं १७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि आज सोमवार भएको चुनावमा एक जना मतदाताले आफ्नो कोरोना परीक्षणको पीसीआर रिपोर्ट मतपत्रमा राखी मतपत्र आफैँले लिएर गएका छन् । पालिकाका प्रतिनिधिमध्ये एक जनाले मतपेटिकामा मतपत्र राख्नुपर्नेमा कोरोना परीक्षणको आफ्नो पीसीआर रिपोर्ट राखेको भेटिएको हो ...