काठमाडौ १३ असार । इजरायलका रक्षामन्त्री इजरायल काट्जले आफूहरू इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई मार्न चाहने बताएका छन्। भेट्टाउन नसकेकाले मात्रै खामेनी बाँचिरहेको काट्जले बताएका छन्। च्यानल १३ सँगको अन्तर्वार्तामा बिहीबार काट्जले भनेका छन्, ‘यदि खामेनी हाम्रो पहुँचमा भएको भए हामी उनलाई मार्ने थियौँ।’ ...