काठमाडौं २० फागुन । क्यानडाको अन्टारियो प्रान्तले अमेरिकामा ऊर्जाआपूर्ति रोक्ने धम्की दिएको छ। अन्टारियोका सरकार प्रमुख डग फोर्डले सोमबार ट्रम्पले क्यानडेली सामानमा लगाएको २५ प्रतिशत भन्सार महसुल अघि बढाए आपूर्ति रोक्ने बताएका हुन्। ट्रम्पले मंगलबारदेखि लागू हुनेगरी क्यानडा, मेक्सिको र चीनमा भन्सार महसुल लगाएका छन्। ...