ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले युक्रेनलाई दिने गरेको सैन्य सहयोग बन्द गर्दै छ- ब्लुमबर्ग


एबीसी न्यूज
२० फाल्गुन २०८१, मंगलबार   ७ : २५   बजे

काठमाडौं २० फागुन । ह्वाइट हाउसले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ।

यो खबर पहिलोपटक अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले लेखेको हो। ब्लुमबर्गको रिपोर्टमा भनिएको छ, ‘युक्रेनका नेताहरूले शान्तिप्रति सद्‌भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दै छ।’

यस विषयमा अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।

ब्लुमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ। यसमा पोल्यान्ड पुगेका सामान पनि पर्छन्।

गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहस भएको थियो।

सोमबार मात्रै ट्रम्पले भोलि ठूलो रात हुने घोषणा गरेका थिए।

गत शुक्रबार खनिज सम्झौताका लागि भनेर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न ह्वाइट हाउस पुगेका थिए।तर त्यहाँ राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्ससँग उनको चर्काचर्की पर्‍यो।

त्यसलगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए। जहाँ आइतबार युरोपेली देशका नेताहरूको बैठक भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group