ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट नदेखिने


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ७ : २५   बजे

काठमाडौँ । आज बुधबार खण्डग्रास सूर्यग्रहण लाग्दैछ। पञ्चाङ्ग निर्णायक समितिका अनुसार आजको सूर्यग्रहण नेपालबाट भने देखिने छैन। तर, विश्वका विभिन्न भागबाट भने ग्रहणको दृश्य देख्न सकिनेछ।

खगोलविद्हरूका अनुसार चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आएर सूर्यको प्रकाशलाई केही समय छेक्दा सूर्यग्रहण लाग्छ। सूर्यग्रहण हुनका लागि सूर्य, चन्द्रमा र पृथ्वी लगभग एउटै सीधा रेखामा आउनुपर्छ।

नासाका अनुसार आजको सूर्यग्रहण पृथ्वीका केही क्षेत्रमा पूर्ण र केही क्षेत्रमा आंशिक रूपमा देखिनेछ।

उत्तरी रुसका केही भाग, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन तथा पोर्चुगलका केही क्षेत्रमा पूर्ण सूर्यग्रहण देखिनेछ। उत्तरी रुसको दुर्गम क्षेत्रमा दिउँसो ग्रहण देखिएपछि यसको छायाँ पूर्वतर्फ सर्दै युरोपतर्फ पुग्नेछ।

त्यस्तै, अमेरिकाको उत्तरी भूभाग, क्यानडा, उत्तर–पश्चिमी अफ्रिका तथा युरोपका धेरै क्षेत्रमा सूर्यग्रहण आंशिक रूपमा देखिनेछ।

वैज्ञानिकहरूका अनुसार केही स्थानमा सूर्यको ९० प्रतिशतभन्दा बढी भाग चन्द्रमाले ढाकेको देखिन सक्नेछ। अफ्रिका तथा युरोपका केही क्षेत्रमा सूर्यास्तको समयमा समेत ग्रहण देखिने जनाइएको छ।

वैज्ञानिकहरूले सूर्यग्रहणलाई खाली आँखाले नहेर्न चेतावनी दिएका छन्। सामान्य सनग्लास प्रयोग गरेर सूर्यग्रहण हेर्नु पनि सुरक्षित नहुने उनीहरूको भनाइ छ।

सूर्यलाई प्रत्यक्ष हेर्दा आँखाको रेटिनामा गम्भीर तथा स्थायी क्षति पुग्न सक्ने भएकाले ग्रहण अवलोकन गर्दा प्रमाणित सौर्य अवलोकन चस्मा वा उपयुक्त फिल्टर प्रयोग गर्नुपर्ने विज्ञहरूले बताएका छन्।

नासा लगायत विभिन्न वैज्ञानिक संस्थाले सूर्यग्रहणको प्रत्यक्ष प्रसारणसमेत गर्ने तयारी गरेका छन्।

यसअघि पनि नेपालबाट देखिएको थिएन

यसअघि २ असोज २०८२ मा लागेको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन। उक्त ग्रहण न्यूजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोङ्गा तथा अन्टार्कटिकालगायत क्षेत्रबाट देखिएको थियो।

खगोलीय नियमअनुसार सूर्यग्रहण औँसीको तिथिमा र चन्द्रग्रहण पूर्णिमाको तिथिमा लाग्ने गर्दछ। आजको ग्रहण नेपालबाट नदेखिए पनि विश्वका विभिन्न भागमा खगोलीय अवलोकनका लागि महत्वपूर्ण घटना बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Thousands Protest in Spain Over Ceuta’s Ongoing Migration Crisis

Xi Jinping Calls for Deepening China-Egypt Cooperation, Proposes New Mideast Security Architecture

Xi Concludes State Visit to Egypt with Cooperation Agreements

Xi Jinping Tours Grand Egyptian Museum With El-Sisi

China Launches Multi-Pronged Rescue Mission After Deadly Mudslide

Lawmakers Press Army on Drone Unit Cancellation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu