ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ५ : ३५   बजे

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाको प्रकोप गम्भीर बन्दै गएको छ। मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार कंगोमा इबोलाका ४ हजार ३८१ पुष्टि भएका संक्रमित भेटिएका छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमितमध्ये २ हजार ११ जनाको मृत्यु भइसकेको छ भने ७०४ जना बिरामी अस्पतालमा भर्ना भई आइसोलेसनमाउपचाररत छन्।

दुर्गम क्षेत्रमा समेत समयमै स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्यकर्मीहरूलाई कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

यो तथ्यांक गत मे १५ मा इबोलाको प्रकोप घोषणा भएको करिब तीन महिनापछि सार्वजनिक गरिएको हो। यसपटकको प्रकोप विश्वकै दोस्रो ठूलो इबोला प्रकोप बनेको बताइएको छ।

यसअघि सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोलाको प्रकोपमा २८ हजारभन्दा बढी संक्रमित भएका थिए। त्यसमध्ये ११ हजारभन्दा बढीको मृत्यु भएको थियो।

बुन्डिबुग्यो भाइरसका कारण प्रकोप

यसपटकको प्रकोप बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको हो।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार हाल यस भाइरसविरुद्ध स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन।

दुर्गम तथा घना बस्ती भएका क्षेत्र, कमजोर स्वास्थ्य पूर्वाधार, असुरक्षा तथा मानिस र सामानको उच्च आवागमनका कारण इबोला नियन्त्रणमा थप चुनौती देखिएको डब्ल्यूएचओले जनाएको छ।

स्वास्थ्य अधिकारीहरूले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा तथा उपचारको पहुँच विस्तार गर्न नसके प्रकोप नियन्त्रणमा थप कठिनाइ हुन सक्ने बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी र सिरहा प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी

सम्बन्धित

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu