ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ५ : २५   बजे

काठमाडौं । सिरियाको एक अदालतले पदच्युत राष्ट्रपति बशर अल–असद र उनका कान्छा भाइ माहेर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ । करिब पाँच लाख मानिसको ज्यान गएको १४ वर्ष लामो सिरियाली द्वन्द्वका क्रममा मानव अधिकार उल्लङ्घन तथा युद्ध अपराध गरेको अभियोगमा अदालतले मंगलबार यस्तो फैसला सुनाएको हो ।

बशर र माहेर दुवै अदालतमा उपस्थित थिएनन् । राजधानी दमस्कसस्थित अदालतले सुनाएको यो फैसला असद परिवारको पाँच दशक लामो शासन अन्त्य भएपछि बशर अल–असद वा उनको निकटवर्ती समूहका सदस्यविरुद्ध सुनाइएको पहिलो महत्वपूर्ण फैसला हो ।

आतिफ नजिबलाई पनि मृत्युदण्ड

सोही मुद्दामा बशर अल–असदका काकाका छोरा आतिफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । उनलाई सिरियाको दक्षिणी प्रान्त दारामा भएको दमनको नेतृत्व गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।

दारामा भएको उक्त दमनपछि सन् २०११ मा सरकारविरुद्ध विद्रोह सुरु भएको थियो । त्यसपछि विद्रोह विस्तार हुँदै सिरिया लामो समयसम्म गृहयुद्धमा फसेको थियो ।

कडा सुरक्षा व्यवस्थाबीच नजिबलाई कैदीको पोसाकमा अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशले उनीविरुद्धको फैसला पढेर सुनाएका थिए । फैसला सुन्न मध्य दमस्कसस्थित अदालत परिसरबाहिर सर्वसाधारणको ठूलो भीड जम्मा भएको थियो ।

रुसमा राजनीतिक शरण

सन् २०२४ डिसेम्बरमा बशर अल–असदको शासन पतन भएपछि उनी आफ्ना भाइ माहेरसहित रुस पलायन भएका थिए । रुसले उनीहरूलाई राजनीतिक शरण दिएको छ ।

सिरियाका नयाँ शासकहरूले असद दाजुभाइलाई सिरिया फिर्ता गर्न रुससँग निरन्तर आग्रह गर्दै आएका छन् ।

ऐतिहासिक फैसला

अदालतले बशर अल–असद, माहेर अल–असद र आतिफ नजिबलाई मानव अधिकार उल्लङ्घन तथा युद्ध अपराधका अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो ।

१४ वर्ष लामो द्वन्द्व, ठूलो मानवीय क्षति र असद परिवारको लामो शासनपछि आएको यो फैसला सिरियाको राजनीतिक तथा न्यायिक इतिहासमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी र सिरहा प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu