ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : ४५   बजे

कोलकाता, भारत । पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी सवार हेलिकप्टर मंगलबार खराब मौसमका कारण पूर्व मेदिनीपुर जिल्लाको कोलाघाटमा आपत्कालीन अवतरण गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मौसम प्रतिकूल भएपछि सावधानी अपनाउँदै पाइलटले हेलिकप्टरलाई कोलाघाटस्थित खुला मैदानमा अवतरण गराएका हुन्। मुख्यमन्त्री अधिकारी कोलकाताको दमदमबाट पश्चिम मेदिनीपुर जिल्लाको केशपुरतर्फ जाँदै थिए।

समाचार एजेन्सी पीटीआईका अनुसार हेलिकप्टर सुरक्षित रूपमा अवतरण गराइएको थियो। त्यसपछि मुख्यमन्त्री अधिकारी सडकमार्ग हुँदै केशपुर पुगेका छन्।

अधिकारी केशपुरमा आयोजित स्वतन्त्रता सेनानी खुदिराम बोसलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रममा सहभागी हुन जाँदै थिए। खराब मौसमका कारण हवाई यात्रा निरन्तरता दिन जोखिम देखिएपछि हेलिकप्टर बीच बाटोमै अवतरण गराइएको हो।

हेलिकप्टर आपत्कालीन रूपमा अवतरण गरिए पनि मुख्यमन्त्री अधिकारी सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केशपुरमा आयोजना गरिएको कार्यक्रममा अधिकारीले स्वतन्त्रता सेनानी खुदिराम बोसप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको थियो। दमदमबाट हेलिकप्टरमा प्रस्थान गरेका उनी खराब मौसमका कारण कोलाघाटमा अवतरण गरेपछि बाँकी यात्रा सडकमार्गबाट पूरा गरेका हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शेखर कोइराला कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने

एमाले सांसद थेबेको कटाक्ष : ‘प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन चाहन्छु’

सम्बन्धित

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

हर्मुज जलघाँटी खुला राख्न जर्मनीको आग्रह, इरानले अमेरिकी सैन्य कारबाही रोक्नुपर्ने अडान

इरानबाट सुरक्षा खतरा देखिएपछि ट्रम्पले टर्कीबाट गोप्य रूपमा विमान बदलेर बेलायत पुगे

कोलम्बिया भूकम्प : मृत्यु हुनेको संख्या १३२ पुग्यो, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu