ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज देशका केही स्थानमा वर्षाको सम्भावना, भारी वर्षाको पूर्वानुमान छैन


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ७ : १५   बजे

काठमाडौँ । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहे पनि भारी वर्षाको पूर्वानुमान भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका विभिन्न भूभागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना छ।

दिउँसो कोसी र मधेस प्रदेशका साथै देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ।

त्यस्तै, कोसी, मधेस र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि वर्षाको सम्भावना

राति देशभर साधारणतया बदली रहने विभागको पूर्वानुमान छ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।

यस्तै, कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मनसुनी वायुको प्रभाव

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसमविद्का अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको अवस्था देखिएको हो।

हालका लागि भारी वर्षाको सम्भावना नरहे पनि मेघगर्जन, चट्याङ र स्थानीय रूपमा हुने मध्यम वर्षालाई ध्यान दिई आवश्यक सतर्कता अपनाउनविभागले आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नदी–खोलाको प्राकृतिक बहाव नरोकी संरक्षण गर्न सर्वोच्चको आदेश

रास्वपाको सचिवालय बैठक बस्दै, के छ कार्यसूची ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नदी–खोलाको प्राकृतिक बहाव नरोकी संरक्षण गर्न सर्वोच्चको आदेश

ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने नीतिमा अमेरिकी अदालतको रोक

रास्वपाको सचिवालय बैठक बस्दै, के छ कार्यसूची ?

भोटेकोसी बाढी : एक हजार २२२ शव फेला, एक हजार ६५५ डीएनए संकलन

गोरखापत्रका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

नागरिक बचाउन माइकिङ गर्दै थिए प्रहरी, १० सेकेन्डले जोगिए एक जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu