ट्युनिसिया, ११ साउन । ट्युनिसियाको अदालतले आतङ्कवादी गतिविधिमा लागेको आरोपमा मुद्दा लडिरहेका अलकायदाका पूर्व प्रमुख नेता ओसामा विन लादेनका अङ्गरक्षक सामी इदाउदीलाई रिहा गरेको छ । विन लादेनका अङ्गरक्षकलाई जर्मनीले निकाला गरेपछि ट्युनिसियामा पक्राउ गरिएको थियो । इदाउदी शुक्रबार फैसलाका लागि अदालतमा उपस्थित गराइएको थियो ...