ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा


एबीसी न्यूज
१० श्रावण २०७५, बिहिबार   ५ : ५८   बजे

 

एजेन्सी , १० साउन । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गर्नुभएको छ ।

नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुन्छ– उहाँका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

मतदानका क्रममा पाकिस्तानको क्वेटा प्रान्तमा भएको सो बम हमलामा परी ३१ जनाको ज्यान गएको थियो । यसमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

महासचिव गुटरेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको सो विज्ञप्तिमा बम आक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।

सो विज्ञप्तिमा महासचिव गुटरेसले आतङ्कवादका विरुद्धमा पाकिस्तान सरकारले जारी राखेको लडाइँमा आफ्नो सहयोग र ऐक्यबद्धता रहेको पनि बताउनुभएको छ ।

पाकिस्तानमा संसद र चारवटा प्रान्तीय सभाका लागि बुधबार मतदान भएको थियो ।

यहाँ निर्वाचनजन्य हिंसामा परी अरु कैयौँको ज्यान गएको छ । त्यस्तै निर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई जेल सजाय सुनाइएकाले पनि हिंसा बढ्ने अनुमान गरिएको थियो ।

आतङ्ककारी गतिविधिबाट सताइएको पाकिस्तानमा चुनाव–केन्द्रित हिंसात्मक घटना भएका छन् । हिंसात्मक आक्रमणमा परी १८० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu