ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ७ : ४५   बजे

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण पुलहरूमा ठूलो क्षति भएपछि नेपालले भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गरेको छ।

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ४१ वटा पुल पूर्ण रूपमा क्षति गरेको थियो। पुलहरू बगाएपछि विभिन्न स्थानको सडक सम्पर्कसमेत टुटेको छ।

तत्काल सडक सम्पर्क जोड्न आवश्यक पर्ने भएकाले सरकारले दुई छिमेकी मुलुकसँग बेलिब्रिज माग गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

‘हामीले चीन र भारतसँग तत्काल नभई नहुने ४२ वटा बेलिब्रिज मागेका छौँ। हामीले जति सक्नुहुन्छ त्यतिवटा उपलब्ध गराउनोस् भनेका छौँ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।

पक्की पुल निर्माण गर्न लामो समय लाग्ने भएकाले तत्कालका लागि बेलिब्रिज आवश्यक परेको स्रोतको भनाइ छ।

‘पक्की पुल बनाउन समय लाग्छ। त्यसैले अहिले तत्कालका लागि बेलिब्रिज आवश्यक परेको हो,’ स्रोतले भन्यो।

नेपालले बेलिब्रिजसँगै शव व्यवस्थापनका लागि एक हजारभन्दा बढी शव राख्ने झोलासमेत भारत र चीनसँग माग गरेको स्रोतले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोहित पौडेलको ‘१७ बिन क्याफे’ले शुक्रबारको सबै कमाइ राहत कोषमा दिने

गण्डकी सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने

सम्बन्धित

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu