ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : १५   बजे

काठमाडौं । चीनले नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको भन्दै नेपाललाई आपत्कालीन प्रतिकार्यका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार वक्तव्य जारी गर्दै पहिरोजन्य तालमा पानीको सतह उच्च विन्दुमा पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढेको जनाएका छन्।

दूतावासका अनुसार हालैका दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो तटीय क्षेत्रमा पर्ने नेपाली भूभागको एक सहायक नदीमा हिम–पहिरो जाँदा नदी थुनिएको थियो। नदी थुनिएपछि सीमा क्षेत्रमा पहिरोजन्य ताल बनेको थियो।

उक्त तालमा पानीको सतह उच्च विन्दुमा पुगेपछि पानी बाहिरिन थालेको र यसले ताल फुट्ने जोखिम बढाएको चिनियाँ दूतावासका प्रवक्ताले बताएका छन्।

“नेपाल र चीन दुवै देशका लागि उद्धार तथा आपत्कालीन प्रतिकार्यका दृष्टिले यो स्थिति हाल निकै संवेदनशील मोडमा छ,” प्रवक्ताले भनेका छन्।

उहाँले पहिरोजन्य तालको तल्लो तटीय क्षेत्रमा रहेका स्थानीय समुदाय तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा हुने परिवर्तनलाई नजिकबाट नियाल्न, उच्च सतर्कता अपनाउन तथा पूर्वतयारी र आपत्कालीन प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ।

चीन र नेपालका सम्बन्धित निकायले अवस्थाको निरन्तर अनुगमन गरिरहेको तथा जोखिमको मूल्यांकन र व्यवस्थापन गरिरहेको दूतावासले जनाएको छ।

चिनियाँ दूतावासले सर्वसाधारणलाई आधिकारिक सूचनामात्र पछ्याउन, पुष्टि नभएका समाचार नफैलाउन र अनावश्यक त्रास सिर्जना नगर्नसमेत आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने

नेपालमा बाढीपछि उद्धार तथा राहतका लागि सी चिनफिङको नेतृत्वमा चीनमा बैठक

नेपाललाई ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता दिने अस्ट्रेलियाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu