ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता दिने अस्ट्रेलियाको घोषणा


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   २ : २५   बजे

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि अस्ट्रेलियाले ५० लाख अस्ट्रेलियन डलरको मानवीय सहायता उपलब्ध गराउने भएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न संकट तथा मानवीय प्रतिक्रिया विशेषज्ञहरू पठाउन लागिएको जानकारी दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले बाढी प्रभावितका लागि खाद्यान्न, आपत्कालीन आश्रय तथा चिकित्सकीय सहयोग उपलब्ध गराउने बताउनुभएको छ । उहाँले बाढीबाट प्रभावित तथा आफ्ना आफन्तको अवस्थाबारे चिन्तित परिवारप्रति सहानुभूतिसमेत व्यक्त गर्नुभएको छ ।

अस्ट्रेलिया सरकारले नेपाल–चीन सीमा क्षेत्रका बाढी प्रभावित समुदायलाई लक्षित गरी ५० लाख अस्ट्रेलियन डलरको मानवीय सहायता प्याकेज घोषणा गरेको हो ।

नेपालमा ३९ अस्ट्रेलियाली बेपत्ता

यसैबीच, बाढीपछि नेपालमा कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिक बेपत्ता रहेको अस्ट्रेलियाली विदेशमन्त्रालयले जनाएको छ ।

बेपत्ता नागरिकको अवस्था पत्ता लगाउन तत्काल काम भइरहेको प्रधानमन्त्री अल्बानिजले बताउनुभएको छ ।

आपत्कालीन कन्सुलर सहयोग आवश्यक पर्ने अस्ट्रेलियाली नागरिकले DFAT को Consular Emergency Centre मा 1300 555 135 वा विदेशबाट +61 2 6261 3305 मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि भारत थप सक्रिय, जयशंकरको नेतृत्वमा समीक्षा बैठक

तिब्बतमा बाढीपछि ५ जनाको मृत्यु, ५५८ बेपत्ता; पहिरोले बनेको ताल फुट्ने जोखिम

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर मानवीय सहायता दिने

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu