ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : ३५   बजे

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना र एथ्लेटिक क्लबले नेपालमा आएको विनाशकारी बाढीप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नेपाली नागरिक तथा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

क्लबका खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरूले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलअघि नेपालका लागि प्रार्थना गर्दै एक मिनेट मौनधारण गरेका हुन्। दुवै टोलीले कठिन परिस्थितिबाट गुज्रिरहेका नेपाली जनताप्रति साथ र समर्थन व्यक्त गरेका छन्।

उक्त खेलमा बार्सिलोना २–० गोलले विजयी भएको थियो। खेलको ३७औँ मिनेटमा राफिन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ८२औँ मिनेटमा फेर्मिन लोपेजले दोस्रो गोल गरेका थिए।

यसअघि स्पेनकै अर्को प्रतिष्ठित क्लब एट्लेटिको मड्रिडले पनि नेपालमा बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने

नेपालमा बाढीपछि उद्धार तथा राहतका लागि सी चिनफिङको नेतृत्वमा चीनमा बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu