ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ८ : २५   बजे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले नेपालमा भोटेकोशी बाढीका कारण फसेका भारतीय नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि तत्काल प्रयास तीव्र बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् ।

खड्गेले नेपाल सरकारसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक मानवीय तथा राहत सहायता उपलब्ध गराउन पनि भारत सरकारसँग आग्रह गरेका छन् ।

मोदीलाई लेखेको पत्रमा खड्गेले भारतीय परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारी उद्धृत गर्दै नेपालमा रहेका ३२० जना भारतीय नागरिकसँग सम्पर्क हुन नसकेको उल्लेख गरेका छन् । सम्पर्कविहीन भारतीय नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखी उनीहरूलाई सुरक्षित रूपमा भारत फर्काउने व्यवस्था गर्न उनले आग्रह गरेका हुन् ।

एनडीआरएफ परिचालनको माग

खड्गेले भारतीय गृहमन्त्री अमित शाहलाई समेत छुट्टै पत्र लेख्दै नेपालमा आवश्यक स्थानमा राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का टोली परिचालन गर्न आग्रह गरेका छन् ।

प्राकृतिक विपद् व्यवस्थापन तथा खोज तथा उद्धारमा एनडीआरएफसँग रहेको विशेषज्ञता र अनुभव नेपालमा जारी उद्धार अभियानमा उपयोगी हुने खड्गेको भनाइ छ ।

उनले नेपाल सरकारसँग आवश्यक समन्वय गरी उद्धार तथा राहतका लागि जहाँ आवश्यकता छ, त्यहाँ एनडीआरएफका विशेषज्ञ टोली पठाउन आग्रह गरेका छन् ।

‘नेपाललाई मानवीय सहयोग आवश्यक छ’

खड्गेले नेपालमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै ठूलो संख्यामा मानिसको मृत्यु र बेपत्ता भएको उल्लेख गरेका छन् । बाढीबाट प्रभावित हजारौँ नागरिकलाई खाद्यान्न, औषधि, आश्रय तथा अन्य अत्यावश्यक सामग्री आवश्यक रहेको उनले बताएका छन् ।

नेपाल र भारतका नागरिकबीच ऐतिहासिक तथा गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै संकटको समयमा भारतले छिमेकी नेपालको साथमा दृढतापूर्वक उभिनुपर्ने खड्गेको भनाइ छ ।

उनले नेपाल सरकारसँग समन्वय गरी भारतीय नागरिकको उद्धारसँगै बाढी प्रभावित नेपाली नागरिकलाई समेत पर्याप्त मानवीय तथा राहत सहयोग उपलब्ध गराउन भारत सरकारलाई आग्रह गरेका छन् ।

११ सदस्यीय भारतीय टोली नेपालमा

यसैबीच, नेपालमा बाढीपछि उद्धार तथा स्थानीय अधिकारीलाई प्राविधिक सहयोग गर्न भारतबाट ११ सदस्यीय टोली नेपाल आइपुगेको छ ।

भारतीय दूतावास स्रोतका अनुसार नेपाल सरकारको अनुरोधमा आएको उक्त टोलीमा स्वास्थ्यकर्मी तथा सुरुङ उद्धार विशेषज्ञसमेत रहेका छन् ।

विशेषगरी रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमपूर्ण क्षेत्रमा मानिस फसेको आशंकापछि प्राविधिक उद्धार टोलीको आवश्यकता बढेको छ । भारतीय टोलीले नेपाली सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यकताअनुसार खोज तथा उद्धार कार्यमा सहयोग गर्ने बताइएको छ ।

भोटेकोशी बाढीपछि नेपालमा विभिन्न देशबाट राहत, उद्धार तथा प्राविधिक सहयोगका प्रस्ताव तथा टोलीहरू आइरहेका छन् । पछिल्लो समय भारतीय सहयोग पनि राहत सामग्रीबाट प्राविधिक उद्धारतर्फ विस्तार हुँदै गएको देखिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

भोटेकोशी बाढीपछि आफन्तको एउटै पुकार : ‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्’

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu