काठमाडौं १५ जेष्ठ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गर्नुभएको छ । पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार काठमाडौैंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । ...