काठमाडौं २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको पहल थालेको बताएका छन् । सुखानी शहीदका परिवारसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘शहीदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’ तत्कालीन पञ्चायती शासकले २०२९ ...