काठमाडौं १८ जेठ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचायल प्रयोग गरेवापत शुल्क लिएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ। महानगरपालिकाले आज ९शुक्रबार० सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिन आग्रह गरेको हो। ...