काठमाडौं १८ जेठ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। सिंहदरबारस्थित पार्टी संसदीय कार्यालयमा केहीबेर अघिबाट बैठक चलिरहेको हो।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको दलको बैठकले सरकारले ल्याएको बजेट, आगामी आइतबारबाट संसद्मा सुरु हुने छलफल लगायतका विषयमा छलफल हुने बताइएको छ। त्यस्तै बैठकमा पछिल्लो समसामयिक राजनीतिबारे पनि अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्