ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसमा सभापति र केन्द्रीय समितिको वैधानिकतामा अलमल छैन : विश्वप्रकाश शर्मा


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ३ : ३५   बजे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमल नरहेको बताएका छन्।

शनिबार ललितपुरमा फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका शर्माले विधिपूर्वक सम्पन्न भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत मान्यता दिएको अवस्थामा यस विषयमा विवाद गर्न आवश्यक नरहेको बताएका हुन्।

उनले सर्वोच्च अदालतको फैसला सबैले स्वीकार गर्नुपर्नेमा जोड दिए। अदालतले पार्टीको केन्द्रीय समिति बदर नगरेको र गगन थापा नै सभापति रहेको स्पष्ट भइसकेको उनको भनाइ छ।

शर्माले संस्थापन इतर समूहलाई विधिभित्र रहेर राजनीति गर्न आग्रह गरे।

‘आवेगमा आएर यता नेमप्लेट राख्ने, उता राख्ने, उहाँ पनि सभापति हुनुहुन्छ, उहाँ पनि कार्यसमिति नै हो, उहाँ नै पदाधिकारी हुनुहुन्छ भन्ने कुरा भनेको खेलको नियम, विधिभन्दा बाहिरको कुरा हुन्छ,’ उनले भने, ‘हामी आग्रह गर्छौं– विधिभित्र जसरी खेल चल्छ, त्यसरी नै विधिभित्र राजनीति चल्नुपर्छ।’

पार्टी फुट्ने आशंका अस्वीकार

शर्माले कांग्रेसमा पार्टी फुट्ने अवस्था नरहेको दाबी गर्दै विधिको सर्वोच्चता कायम रहने बताए।

उनले फुटसलको उदाहरण दिँदै खेलमा पहेँलो वा रातो कार्ड देखाउने अधिकार दर्शकलाई नभई रेफ्रीलाई मात्र हुने बताए। त्यसैगरी राजनीतिमा पनि आधिकारिक निर्णय गर्ने अधिकार निर्वाचन आयोग र सर्वोच्च अदालतजस्ता सम्बन्धित निकायलाई मात्र हुने उनको तर्क थियो।

सर्वोच्च अदालतले कांग्रेसको केन्द्रीय समिति बदर नगरेको र सभापति गगन थापा नै कायम रहेको भन्दै शर्माले संस्थापन इतर समूहलाई आवेगभन्दा पनि विधि र संस्थागत प्रक्रियाअनुसार अघि बढ्न आग्रह गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहमा पुर्‍यायो : निधिको प्रतिवेदन

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहमा पुर्‍यायो : निधिको प्रतिवेदन

भारतको ८०औँ स्वतन्त्रता दिवस : नेपाल–भारत सम्बन्धको इतिहास, उतारचढाव र भविष्य

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी र पहिरोको जोखिम बढ्यो

नागरिकता बोकेर घण्टौँ लाइनमा, ग्यास किन्न पनि सास्ती

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, सिन्धुपाल्चोकमा ६०.४ मिलिमिटर

नुवाकोट बस दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो, दुई तीर्थयात्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu