काठमाडौं, १४ साउन । सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पार्नुभयो ...