ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध


एबीसी न्यूज
१४ श्रावण २०८०, आइतबार   ९ : ४४   बजे

काठमाडौ साउन १४ । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।उक्त राजमार्गको तानसेन(बुटवल सडकखण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा नं(३, दोभानस्थित ड्यामसाइड नजिक ठूलो पहिरो खसेपछि आइतबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।यसअघि पहिरोले एकतर्फी भएको सडकमा माथिबाट पुनः पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको दोभान प्रहरी चौकीले जनाएको छ ।

अहिले सुरुङमार्ग आयोजना अन्तर्गतको मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।ठूला ढुंगासहित पहिरो खसेको हुँदा सडक खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । उक्त स्थानमा केही दिनअघि पनि पहिरो खसेको थियो ।वर्षा हुँनासाथ ढुंगा र लेदोसहितको पहिरो खसिरहँदा सवारी आवागमनसँगै सिद्धबाबा सुरुङमार्ग निर्माणमा समेत अवरोध पुर्याउदै आएको छ ।बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा पहाड र तराईका लागि यात्रामा निस्किएका यात्रुहरु अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक खुलाउन कम्तिमा दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu