राँझा, २ वैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि पहिलोपटक शुक्रबार तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीले जानकारी ...