काठमाडौं, ८ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापति उठ्न सक्रियता बढाउनुभएको छ । निधिले सोमबार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निवासमै र प्रभावशाली मानिएका युवा नेताहरूसँग बत्तिसपुतलीमा अपरान्ह संवाद गर्दै थप सक्रियता बढाउनुभएको हो । ...