ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सक्रियता बढाउँदै निधि, भेटे युवा नेता


एबीसी / संवाददाता
८ असार २०७८, मंगलबार   ९ : १०   बजे

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापति उठ्न सक्रियता बढाउनुभएको छ । निधिले सोमबार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निवासमै र प्रभावशाली मानिएका युवा नेताहरूसँग बत्तिसपुतलीमा अपरान्ह संवाद गर्दै थप सक्रियता बढाउनुभएको हो ।

गुरूराज घिमिरे, धनराज गुरूङ, चन्द्र भण्डारी, बद्री पाण्डे, गगन थापा, जीवन परियार, दीपक गिरी, सरिता प्रसाईं, प्रदीप पौडेललगायत नेतासँग उपसभापति निधिले भेटेर महाधिवेशनबारे छलफल गर्नुभएको छ । गत शनिबार सभापति शेरबहादुर देउवासँग भेटेर निधिले आफूलाई सभापतिमा समर्थन गर्न आग्रह गर्नुभएको थियो ।

तर देउवाले एक कार्यकाल अझै आफैँ सभापति उठ्ने जवाफ दिएपछि निधिले पनि आफ्नो तर्फबाट थप सक्रियता बढाउनुभएको हो । महाधिवेशनसम्मै सहकार्य गरेर जाने विषयमा नेताहरूसँग छलफल भएको निधिको सचिवालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

सम्बन्धित

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu