बुटवल, २८ जेठ लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ नीति कार्यक्रममाथि आजदेखि छलफल शुरु भएको छ । नीति कार्यक्रमका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाभित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अराजनीतिक गणितमा विश्वास नगर्ने बताउनुभयो । “प्रदेशमा राजनीतिक असमझदारीको चक्र शुरु भएको छ, हामी त्यसबाट अछुतो ...