पर्वत, २० कात्तिक । मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६९४ मिटर लामो सुरुङको यसै साता खोलिएको हो । सुरुङको हेर्डबक्सदेखि एक हजार ५५० र पावरहाउसदेखि एक हजार १०० मिटरको हाराहारीमा ...