उदयपुर, १४ साउन । उदयपुरको कटारी नगरपालिका ८ थलियामा पौडी खेल्नेक्रममा डुबेर ११ वर्षे बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो स्थानीय गंगाबहादुर पुलामी मगरका ११ वर्षे छोरा हर्कबहादुर पुलामी मगरको पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको कटारी नगरपालिका ८ का वडा अध्यक्ष कमल श्रेष्ठले जानकारी दिए। ...