काठमाडौं, १३ साउन। सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको मुद्दामा आज निर्णय सुनाउ“दैछ ।
जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हु“दै सर्वोच्च आईपुगेको मुद्दामा दुई साता लामो बहसपछि आजका लागि निर्णय सुनाउने मिति तोकिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले निरन्तर सुनुवाई गर्दै यो मुद्दामा निर्णय गर्न लागेको हो । पक्षका कानुन व्यवसायी र सरकारी पक्षको बहस हिजो समाप्त भएपछि आज निर्णय सुनाउने मिति इजलासले तोकेको हो ।
जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि आरोपितहरु उच्च अदालत विराटनगर पुगेका थिए । तर उच्च अदालतले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरुले सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चमा मुद्दा लम्बिएपछि जिल्ला अदालतले उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु गर्न सकेको छैन । थुनछेक आदेशमा न्यायिक विचलनमा परेको आरोपमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित अन्य न्यायाधीश छानबिनमा तानिएपछि यो प्रकरण झनै जेलिएको हो । न्याय परिषदले उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरेपछि सर्वोच्चमा यो मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्