काठमाडौ १६असार । काठमाडौँको गौशलाबाट हतियारसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गौशलास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीका सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन्।