काठमाडौ २० जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्चपदस्थ कर्मचारीहरुको जिम्मेवारी फेरदबल गरेका छन्। मंगलबारबाट लागू हुने गरी निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घराज रावललाई बैंक सुपरिवेक्षण विभाग प्रमुख बनाएका हुन्। मुद्रण विभागमा निर्देशक रहेका उनी बढुवा भएसँगै मंगलबारबाट सुपरिवेक्षण विभाग सम्हाल्नेछन्। ...