काठमाडौं २१ माघ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीबाट हालै बाहिरिएका नेताहरुलाई पार्टीमा जिम्मेवारी दिन सिफारिस भएको छ। माओवादीका उपमहासचिव शक्ति बस्नेत, विद्यार्थीका फ्याक्सन इन्चार्ज हिमाल शार्मा, क्रान्तिकारीकी निर्वतमान अध्यक्ष पञ्चा सिंह रहेको कार्यदलले सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी बाँडफाँटबारेको प्रतिवेदन हस्तान्तरण ...