ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको फैसला– क्यासिनोको नवीकरण र रोयल्टी उठाउने बाटो खुल्यो


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   १० : ०१   बजे

काठमाडौं २५ माघ । क्यासिनो सञ्चालनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले महत्वपूर्ण फैसला गरेको छ । क्यासिनो सञ्चालनबारे लामो समयदेखि चलेको विवाद सर्वोच्चको बुधबारको संवैधानिक इजलासले किनारा लगाएको हो ।

योसँगै सरकारलाई क्यासिनो सञ्चालकबाट उठाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क पनि असुल गर्ने बाटो खुलेको छ । क्यासिनो सञ्चालकहरुले सरकारले २०७० मा ल्याएको ‘क्यासिनो नियमावली’ अनुसार नै क्यासिनो सञ्चालन गर्नुपर्ने छ ।

नियमावली अनुसार क्यासिनोले आर्थिक वर्ष सुरु हुनु अगावै वार्षिक ४ करोड रोयल्टी र २ करोड ५० लाख रुपैयाँ इजाजत तथा नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था गरेको थियो ।

म्बदगच ल्भउब
िमिनी क्यासिनोले वार्षिक १ करोड रुपैयाँ रोयल्टी र सोही बराबरको रकम इजाजत तथा नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था गरेको थियो । त्यो बाहेक अन्तर्राष्ट्रिय सीमानाका भन्दा पाँच किलोमिटरको दुरीमा क्यासिनो सञ्चालन गर्नुपर्ने प्रावधान राखेको थियो ।

तर, नेपाली क्यासिनो व्यवसायीले भने नेपाल भारत सीमाको पाँच किलोमिटरको दुरीभन्दा नजिक क्यासिनो सञ्चालन गरेका थिए । नियमावली बनेसँगै केही क्यासिनो व्यवसायी पाँच किलोमिटर भित्र सञ्चालनमा रहेका क्यासिनो यथास्थितिमै सञ्चालन गर्नुपर्ने मागसहित रिट लिएर २०७० सालमै सर्वोच्च पुगेका थिए ।

सोही रिटमाथि अन्तिम सुनाई गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले रिट खारेज गरेको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।

अधिकांश नेपाली क्योसिनो व्यवसायीले भारतसित सीमा जोडिएका ठाउँमा क्यासिनो सञ्चालन गरेका थिए । जसकारण सामान्य ज्याला मजदुरी गर्ने भारतीय नागरिकहरु सहजै क्यासिनो छिर्ने गरेका थिए ।

क्यासिनोमा ठूलो मात्रामा रकम हारजित हुने हुँदा सीमाक्षेत्रमा खोलिएका क्यासिनोका कारण सुरक्षा चुनौती समेत बढेको प्रहरीको दाबी थियो । नेपालीलाई प्रवेशमा भने रोक लगाइएको छ ।

सर्वोच्चको फैसलासँगै अब पाँच किलोमिटरको दुरीभित्र रहेका क्यासिनो व्यवसायीले त्योभन्दा बाहिरमात्रै सञ्चालन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

बागमतीका मुख्यमन्त्री बानियाँले गरे ,६ मन्त्रालय खारेज

सम्बन्धित

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu