काठमाडौं । रसुवाको टिमुरेमा नदीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम बाढी अवलोकन तथा निगरानी प्रणालीअन्तर्गत सीसीटीभी क्यामेरा जडान गरिएको छ। नदीको अवस्था निरन्तर निगरानी गर्नुका साथै पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने र सम्भावित बाढीजन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सोमबार टिमुरेमा सीसीटीभी क्यामेरा जडान गरिएको हो। ...