काठमाडौं, २३ भदौ । हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएकै साइतमा बिहानै ७ः१७ बजे विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरिएसँगै ...