ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबार क्षेत्रमा विधिपूर्वक इन्द्रध्वजोत्थान ( यस्तो छ यसको महत्व भिडियोसहित)


एबीसी / संवाददाता
२३ भदौ २०७९, बिहिबार   २ : ५६   बजे

काठमाडौं, २३ भदौ । हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएकै साइतमा बिहानै ७ः१७ बजे विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरिएसँगै यस वर्षको सांस्कृतिक पर्व इन्द्रजात्रा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना सहभागी हुने समेत जनाएको छ ।

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिंगो ठड्याइएपछि इन्द्रजात्राको सुरुवात भएको मानिन्छ । आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवीदेवतासँग सम्बन्धित नाँचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ । हिन्दू, बौद्ध संगै नेवार समुदायको यो साझा चाडका रूपमा पनि चिनिन्छ । धार्मिक आस्थाका साथ मनाउने गरीएको इन्द्रजात्रालाई पछिल्लो समय अन्तर्राष्ट्रियकरण गर्नु पर्ने आवज समेत उठ्न थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको दावी गरे । सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि त्यसमा सम्वद्ध गुठीहरुलाई पनि संरक्षण समर्थन र सहयोग गर्नुपर्ने उनको भनाइ छ । संस्कृति संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजानुपर्ने भन्दै पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको उनि बताउँछन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका सम्पदाहरुको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताएका छन् । महानगरपालिकाले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य राखेको भन्दै मेयर शाहले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरू पूजा गर्न मात्र सीमित नभइ मनोरञ्जन, उत्साह र उमंगसँग जोडिएको बताए । उनले काठमाडौंमा नेवार समुदायको प्रसिद्ध पर्व इन्द्रजात्रालाई विश्वव्यापी रुपमा फैलाउने बताए । साथै, काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्व रहेको भन्दै सबै पर्वहरूलाई छुट्टाछुट्टै तरिकाले जर्गेना गर्नुपर्नेमा उनको जोड छ ।

यसैबीच, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन् । उनले इन्द्रजात्रा मनाउनका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो गरिसकेको भन्दै अतिथिहरू बिहीबारबाट काठमाडौं आउन थाल्ने जानकारी दिइन् । उप—प्रमुख डंगोलले इन्द्रजात्राको महत्वलाई ध्यानमा राखेर महानगरले स्थानीय सरकारको रुपमा आर्थिकदेखि जात्रा व्यवस्थापकीय कार्यमा सहकार्य गरेको बताइन् ।

इन्द्रध्वजोत्थनमा सहभागी स्थानीयहरुले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने बताए । उनीहरुका अनुसार इन्द्रजात्रामा इन्द्रजात्राका महत्वहरु उजागर गर्ने योजना रहेको पनि बताए । इन्द्रजात्राको लिङ्गो मानन्धर समुदायले उठाउने गर्छ । १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित मठ, मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल मानिन्छ ।

आफ्नी आमालाई वसुन्धराको व्रतको निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा चोर भनि नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाइने प्रचलन छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको भन्ने किम्बदन्ति रहेको छ । परापूर्वकाल देखि नै मनाउंदै आएको इनद्रजात्राको संरक्षण गर्दै यसलाई आगामी पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको सझा दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group